Breaking News

आइपीएलको मेगा अक्सन आजदेखि, सन्दीप लामिछाने छानिएलान् ?

Banner

काठमाडौँ, माघ २९–

विश्वकै चर्चित फ्रेन्चाईज लिग इण्डियन प्रिमियर लिग (आइपीएल) २०२२ को मेगा अक्सन आजदेखि सुरु हुँदैछ ।

नेपाली समय अनुसार दिउँसो १२ः१५ बजेदेखि बेङ्गलुरुको होटल आईटीसी गार्डेनियामा सुरु हुँदैछ । यो आइपीएल १५औं संस्करणको लिलामी हो भने पाँचौ मेगा अक्सन हो । यस अक्सनबाट पुरै टिम निर्माण गरिन्छ । अन्य मिनि अक्सनमा आफूलाई आवश्यक खेलाडी मात्रै छनोट गर्ने गरिन्छ । यसअघि अन्तिम मेगा अक्सन सन् २०१८ मा भएको थियो ।

मेगा अक्सन अघि १० टिमले नै ३३ जना खेलाडीलाई रिटेन तथा अनुबन्ध गरि सकेका छन् । मेगा अक्सनमा कुल ६०० खेलाडी समावेश छन् । जसमा ३७७ जना भारतीय र २२३ विदेशी खेलाडी छन् । नेपालबाट एक्लो खेलाडी सन्दीप लामिछाने अक्सनमा छन् । यसअघि अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका थिए । तर सर्टलिष्टमा सन्दीप मात्रै परेका छन् ।

आज सबै नेपाली फ्यानको ध्यान भारत र ओमानमा हुनेछ । ओमानमा नेपाल चार देशीय सिरिज अन्तरगत आज दोस्रो खेलमा युएईसंग प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई पहिलोपटक टि–२० अन्तर्राष्ट्रियमा पराजित गर्न सफल भएको थियो ।सन्दीपले पहिलो खेलमा एक विकेट लिएका थिए ।

आइपीएल मेगा अक्सनबाट प्रत्येक टोलीले न्यूनतम १८ खेलाडी र अधिकतम २५ खेलाडीहरू राख्नुपर्नेछ । यसपटक दुई टिम थपिएकाले सन्दीपको संभावना उच्च रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>