Breaking News

नारायणगढको कल्पना होटलमा अवैध यौन धन्दा, पाँच जना पक्राउ

Banner

चितवन, माघ २८–

चितवनको नारायणगढस्थित एक होटलमा अवैध यौनजन्य क्रियाकलाप भएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–२, लायन्स चोकस्थित कल्पना होटल एण्ड लजमा अवैध यौनक्रियाकलाप भइरहेको सूचना आधारमा प्रहरीले छापा मार्दा पाँच जना पक्राउ परेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य समस्तिपुर घर भई हाल भरतपुरमा डेरा गरि बस्ने १९ वर्षीय मोहम्मद इम्तियाज, भरतपुर–१ का १९ वर्षीय सन्जोग महरा, होटल संचालिका ४० वर्षीय कल्पना महरा, २१ र २४ वर्षका दुई युवती रहेको चितवन प्रहरीले जनाएको छ ।

अवैध धन्दा बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । यसअघि पनि प्रहरीले सोही होटलमा अवैध यौन कार्यमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>