Breaking News
नेपालमा थप १,१२८ जनामा कोरोना संक्रमण, २,२१५ जना निको, १४ जनाको मृत्यु
०

काठमाडौं, माघ २८ –
नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जना र तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जनामा गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४ जना संक्रमितको मृत्यु भएको छ भने दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























