चितवन विशेष

जिल्लामा क्रमिक रुपमा कोरोना संक्रमित घट्दै, आज ३५ जना थपिए, १ को मृत्यु

Banner

चितवन, माघ २८-
पछिल्लो केहि दिन देखि जिल्लामा क्रमिक रुपमा कोरोना भाइरस संक्रमित हुनेको संख्या घट्दै गएको छ । जस अनुसार आज ३५ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको सूचना अनुसार संक्रमण घट्दै गएको देखिएको हो । हिजो भने ४१ जनामा संक्रमण देखिएको थियो । आज कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।

जिल्लामा अहिले १ हजार ६ सय २ जना संक्रिय संग्रमीत रहेका छन् । ३३ जना यहाँको विभिन्न अस्पताल आइसोलेसनमा छन् । १ हजार ५ सय ६९ जना होम आइसोलेसनमा छन् । यो सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ३ सय ६२ पुगेको छ । अहिले सम्म कोरोनाका कारण ४४६ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>