चितवन विशेष

लियो जिल्ला परिषद् ३२५ आर नेपालको अध्यक्षमा सुवेदीको उम्मेद्वारी

Banner

चितवन, माघ २७–

चितवनका युवा लियो लिडर पुरुषोत्तम सुवेदीले प्रस्तावित लियो जिल्ला परिषद् ३२५ आर नेपालको अध्यक्षमा उम्मेद्वारी दिएका छन् । एक दशकदेखि लियोको यात्रामा रहेका सुवेदीले यसपटक अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।

विगतमा चार वटा डिष्ट्रिक्टहरु ३२५ ए १, ए २, बी १ र बी २ रहेका थिए । यसवर्षबाट ती चारबाट डिष्ट्रिकलाई टुक्राएर अन्य डिष्ट्रिक्ट बनाईएको छ । पहिलोपटक बनेको लियो जिल्ला परिषद् ३२५ आर नेपालका लागि सुवेदीले अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।

वर्ष २०१३ मा सदस्य भएसंगै सुरवात भएको सुवेदीको लियो यात्रा (२०१७/१८) मा क्लब अध्यक्ष , २०१८/१९ मा तालिम पुल डिर्पाटमेन्ट, २०१९/२० मा एरिया (को चिफ, २०२०/२१ मा एरिया चिफ, वर्ष (२०२१/२२) का जिल्ला कार्यकारी सचिव हुँदै प्रस्तावित जिल्ला परिषद ३२५ आर को लायन वर्ष २०२२/२३ को लागि जिल्ला अध्यक्षको पदमा उम्मेद्वारी दिँदै मनोनयन अधिकृत लियो कुबेर पाठक आफ्नो उम्मेदवारी पेश गरेका छन् ।

विगत लामो समय लियोमा आबद्ध भएर काम गरेको अनुभवका साथै नेतृत्व गर्ने उर्जालाई साथमा लिएर अध्यक्षमा उम्मेद्वारी दिएको सुवेदीले बताए । लियो जिल्ला परिषद ३२५ आर नेपाललाई बलियो, नमुना र सर्वोत्कृष्ट परिषद् बनाउने सुवेदीले अठोट लिएका छन् ।

उनले भने–‘नयाँ जिम्मेवारीका साथ थप चुनौतीलाई अवसरमा परिणत गरि सम्पूर्ण लियो अग्रज र साथीहरुको साथ र सहयोगको अपेक्षा लिएको छुँ, उहाँहरुको विश्वासलाई सधै आत्मसाथ गर्दै लियोलाई थप चलायमान र उदाहरणीय ढंगले अघि बढाउने विश्वास दिलाउँछु ।’ उनले सम्पूर्ण लियोको सहयोग, माया, भरोसा र विश्वासको लागि अपिल समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>