चितवन विशेष

चितवनको क्यान्सर अस्पतालमा १५ जनाको बढुवा, ५ डाक्टर १२ औं तहमा

Banner

चितवन,माघ २७-

चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १५ जना कर्मचारी बढुवा भएका छन्। अस्पतालका १३ चिकित्सकसहित १५ जनाको बढुवा भएको हो। अस्पतालका पाँच जना चिकित्सक १२ औं तहमा बढुवा भएका छन्। १२ औं तहमा बढुवा हुनेमा डा विजयचन्द्र आचार्य, डा कृष्णसागर शर्मा, डा सुरेश श्रेष्ठ, डा अनिलविक्रम कार्की र डा जया श्रेष्ठ छन्।

यस्तै, जुनियर कन्सल्ट्यान्ट अधिकृतरदशौं तह सर्जिकल अंकोलोजी (इएनटी हेड एण्ड नेक सर्जरी) मा डा अमर श्रेष्ठ र डा सदिक्षा अधिकारीको बढुवा भएको छ। जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं तह (मेडिकल अंकोलोजी जनरल मेडिसिन)मा डा गुरुशरण शाहको बढुवा भएको छ। जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं प्याथालोजीमा डा ग्रेता पाण्डे बढुवा भएकी छिन्।

जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं एनेस्थेसियालोजीमा डा योगेश रेग्मी, जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं मेडिकल अंकोलोजी (पेडियाट्रिक मेडिसिन)मा डा निभा तिवारी र जुनियर कन्सल्ट्यान्ट अधिकृत/दशौं सर्जिकल अंकोलोजी (ब्रेस्ट सर्जरी)मा डा दिपक सिंह मौनी बढुवा भएका छन्।

यसैगरी, जुनियर कन्सल्ट्यान्ट अधिकृतरदशौं तह रेडियो डाइग्नोष्टिक एण्ड इमेजिङमा डा नितु शर्मा बढुवा भएकी छन्। यस्तै, सहायक प्रमुख मेडिकल फिजिसिस्ट नवौं तहमा सुरेन्द्रबहादुर चन्द र वरिष्ठ सिस्टर ८औं तहमा दुर्खा खनाल वढुवा भएकी छिन्।

CamScanner 02-08-2022 22.10
CamScanner 02-08-2022 22.10

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>