Breaking News

दूधको मूल्य लिटरमा ९ रुपैयाँ बढ्यो, शुक्रबारदेखि लागु हुने

Banner

काठमाडौँ,माघ २७-

दूग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबारदेखि लागु हुने गरी डीडीसीले मूल्य बढाएको हो । योसँग अब डीडीसीले उत्पादन गर्ने प्रशोधित प्याकेट दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन सरकारी स्वामित्वको संस्थान डीडीसीलाई बुधबार अनुमति दिएसँगै डीडीसी बोर्ड बैठकले बुधबार नै मूल्य बढाउने निर्णय गरेको हो । तीन इकाई फ्याट र ८ इकाई एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले डीडीसीलाई बुधबार अनुमति दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>