Breaking News

भरतपुरका निजी अस्पतालमा नक्कली पीसीआर रिपोर्ट, दुई जना पक्राउ

Banner

चितवन,माघ २७-

चितवनमा नक्कली पिसिआर रिपोर्ट बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउन संलग्न रहेको अभियोगमा भरतपुरको चौविसकोठीमा रहेको देव हस्पिटल प्रा.लिका हेल्थ असिस्टेन्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका वडा नम्वर ६ का प्रकाश न्यौपानेलाई पक्राउ गरिएको हो ।

उनिहरुले देव अस्पतालमा विरामीको स्वाब लिने र भरतपुर अस्पतालले संचालन गरेको प्रयोगशालाको नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ । पक्राउ परेका न्यौपाने यसअघि भरतपुर अस्पतालको ल्याबमा काम गर्ने गरेको र त्यहाँ गरेको कामको अनुभवका आधारमा नक्कली पिसिआर रिपोर्ट बनाउने काममा सक्रिय भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनिहरुलाई २५ गते जिल्ला प्रशासन कार्यालय चितवनको कम्पाउण्ड क्षेत्रबाट पक्राउ गरिएको हो । चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>