Breaking News

चितवनमा नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ता बढे, १७ हजारले लिए फाइबर नेट सेवा

Banner

पूजा ढकाल,

चितवन, माघ २७-

चितवनमा समेत नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ताको संख्या दिनप्रति दिन बढ्दै गएको छ ।

चितवन जनसंख्या र जनघनत्वको हिसाबले धेरै ठूलो जिल्ला भएकोले पनि इन्टरनेट प्रयोगकर्ता बढेका हुन् ।

नेपाल टेलिकम चितवनका प्रमुख नविन मिश्रका अनुसार अहिले मानिसले बढी फोन प्रयोग गर्ने र इन्टरनेटलाई बढी प्रथमिकता दिएको कारण चितवनमा नेपाल टेलिकमको प्रयोगकर्ता पहिलेको तुलनामा दिनप्रति दिन बढदै गएको छ । गत आर्थिक वर्षको तुलनामा चितवनमा यो आर्थिक वर्ष २०७८/०७९ को सात महिनामै उच्च मात्रामा इन्टरनेट प्रयोगकर्ता बढेको उनले जनाए ।

उनका अनुसार चितवनमा गत आर्थिक वर्ष चितवनमा टेलिमको फाइबर इन्टरनेट प्रयोगकर्ता तीन हजार थपिएका थिए भने यस आर्थिक वर्षको सात महिनामा मात्रै झण्डै तीन हजार थपिएका छन् । यसबाट पुरानो एडीएसएल इन्टरनेटलाई क्रमश फाइबर इन्टरनेटमा रुपान्तरण गर्दै जादा अहिले फाइबर नेट प्रयोगकर्ताको संख्या झण्डै १२ हजार पुगेको प्रमुख मिश्रले नारायणी अनलाइनलाई बताए ।

नेपाल टेलिकम नेपाल बेस सिग्नल भएकोले इन्टरनेट प्रयोगकर्ता बढ्दो क्रममा रहेको उनको धारणा छ । फाइबर नेट सस्तो र मर्मत शून्यमा झारेकोले चितवनमा नेटको सुविधा पनि पहिलेको भन्दा राम्रो भएको छ । चितवनमा प्रयोगकर्ता बढ्नुको कारण इन्टरनेट सबैमा अति आवश्यक भएकोले, आफ्ना आफन्त स्टमित्रसँग भिडियो कल गर्न, लकडाउनको समयमा अनलाइन कक्षा पढ्न इन्टरन्टको महत्वपूर्ण भूमिका छ । त्यति मात्र नभएर गुगलबाट विभिन्न अध्ययन गर्न सकिने, कोरोनाको समयमा सबै कार्यालय बन्द हुँदा अनलाइन मिटिङ गर्न सहज हुने, धेरै व्यापार बिजनेस, शैक्षिक क्षेत्र भएकोले इन्टरनेट प्रयोगकर्ता बढेको उनको धारणा छ । उनी भन्छन्, ‘पछिल्लो समय मानिसको जीवनमा इन्टरनेट अक्सिजन जस्तै महत्वपूर्ण भएको छ । हामीले पनि पछिल्लो समय इन्टरनेटको माग बढी भएको र प्रतिस्पर्धाको जमना भएकोले कतैबाट नेट बिग्रेको खबर आए तत्काल बनाउने गर्छौ । ’

तर, पछिल्लो समय कोरोनाका कारण चीनबाट फाइबरको सामान सययमै नेपाल नआउँदा टेलिकमको नेट प्रदान गर्न केही कठिन भएको छ । अबको पाँच महिनामा इन्टरनेट प्रयोगकर्ता अझै बढाएर लैजाने टेलिकमको योजना रहेको उनी बताउँछन् । अरुको तुलनामा सस्तो रहेको छ । २५ एमपीबीएस इन्टरनेटको वार्षिक १० हजार पर्ने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको प्रयोगकर्ता प्रतिमा कुमालले आफूले डाटा लिएर केही खोज्न नपाउँदै छिटै डाटा सकिने र भ्वाइस प्याक तान्दा अर्को एनसेलका सिममा फोन गर्न नमिल्ने समस्या भएको बताउँछिन् । त्यस्तै अर्का प्रयोगकर्ता निर्मल धिताल आफूले एक महिनाको भ्वाइस प्याक लिने गरेको बताउँदै नेपाल टेलिकमले ल्याएको दैनिक र मासिक सेवा सुविधा प्रति खुसी रहेको बताउँछन् ।

आजको २१ औँ युगमा आइपुग्दा मानिसको सम्बन्ध कायम बनाउने विश्वलाई नजिक बनाउने माध्यम सामाजिक सञ्जाल बनेको छ । जसको लागि पनि मानिसलाई इन्टरनेट अनिवार्य छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>