चितवन विशेष
वाईसीएल चितवनमा जिम्मेवारी बाँडफाड, कसले कुन पद पाए ? (नामसहित)

चितवन, माघ २७–
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन (वाईसीएल) नेपाल चितवनको जिम्मेवारी बाँडफाड गरिएको छ । वाईसीएल बागमती प्रदेश बैठकले जिल्ला, प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्नेहरुको जिम्मेवार बाँडफाँड गरेको हो ।
चितवन जिल्ला ईन्चार्जमा साजन अधिकारीलाई यस अघिनै जिम्मेवारी दिइएको थियो भने बैठकले जिल्ला संयोजकमा रामु गोदार र सचिवमा राजु भुसाललाई जिम्मेवारी दिएको छ । त्यस्तै महानगर ईन्चाजमा दिवाकर राज श्रेष्ठ, संयोजकमा दिपेन्द्र पण्डित, सह–संयोजकमा नीति राई,दुर्गा सुवेदी र सचिवमा सतिश ढकाल रहेका छन् ।
त्यस्तै बागमती प्रदेश सम्मेलन आयोजक समितिमा रामु गोदार, सिलोन बराल, कृष्ण अधिकारी, कमल कँडेल, मनोज थापा ,मार्को चौधरी, मिना घलान, रिचा सुनार, लक्ष्मी मगर, प्रकास उप्रेति, प्रजित रुवाली, राजदिप ओझा र जायेश्वर आचार्य रहेका छन ।
त्यस्तै प्रदेशको स्वंयसेवक बिभाग सदस्यमा जायेश्वर आचार्य,आर्थिक विभाग सदस्यमा अजय बस्याल, प्रचार विभाग सदस्यमा गौरब बाबु ढकाल, उद्योग विभाग सदस्यमा सन्तोष न्यौपाने रहेका छन् ।
त्यस्तै केन्द्रको प्रकाशन विभाग सदस्यमा विकास पौडेल, पूर्व जनमुक्ति सेना विभाग सदस्यमा कुमार राना, न्याय विभाग सदस्यमा टिकाराम भुषाल, श्रम विभाग सदस्यमा प्रकास उप्रेती, महिला विभाग सदस्यमा ऋचा सुनार रहेको चितवन जिल्ला ईन्चार्ज साजन अधिकारीले जानकारी दिएका छन् ।
























