चितवन विशेष

भरतपुर महानगरले विद्यार्थीलाई बाड्यो ‘सेनेटरी प्याड’

Banner

चितवन, माघ २६–

भरतपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण सुरु गरेको छ ।

पहिलो चरणमा १ लाख ८० हजार प्याकेट सेनेटरी प्याड महानगरले वितरण गरेको छ । लंकु स्रोत केन्द्र अन्तरगतका ६ कक्षा माथी संचालन भएका १८ विद्यालयलाई छात्रा संख्याको आधारमा प्रति छात्रा १५ प्याकेटका दरले सेनेटरी प्याड वितरण गरिएको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई प्याड हस्तान्तरण गर्नुभएको छ । अब दोस्रो चरणमा आउने प्याड अन्य विद्यालयहरुलाई हस्तान्तरण गरिने बताउँदै उपमेयर ठकुरीले यसको प्रयोगसंगै फोहोरको ब्यवस्थापनमा ख्याल गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ ।

महिनावारी भएका बेला विद्यालय जान पनि छात्राहरुलाई असहज हुने भएकाले विद्यालयमै सेनेटरी प्याडको व्यवस्थापन गर्न सके छात्राहरुको विद्यालयमा निरन्तरता गराउन सहज हुने देखिएकाले महानगरले यो कार्यक्रम गरेको उहाँको भनाई छ । ‘हामी पढ्ने बेलामा यस्तो सुविधा थिएन, अहिले महानगरमा हामी दुबै जना महिला जनप्रतिनिधि छौं, छात्राहरुलाई यस्तो सुविधा दिनुपर्छ भन्ने हाम्रो सुरुदेखिको चाहना अहिले पुरा गरेका छौं,’–उपमेयर ठकुरीले भन्नुभयो ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले नगर प्रमुख रेनु दाहाल र उपप्रमुख ठकुरीको विगतका वर्षदेखि नै वितरण गर्ने चाहना रहँदा रहदै पनि प्रक्रियागत समस्याले ढिलाई भएको बताउनुभयो ।

यसको राम्रोसंग व्यवस्थापन गरी छात्राहरुलाई हस्तान्तरण गर्न उहाँले विद्यालयहरुलाई आग्रह गर्नुभयो । एक छात्राका लागि १ वर्ष पुग्ने गरी प्याड विद्यालयलाई हस्तान्तरण गरिएको पौडेलको भनाई छ ।

एक प्याकेटमा ८ वटा हुने र प्रति छात्रा २ प्याकेटसम्म एक मिहिनामा दिन सकिने पौडेलले बताउनुभयो । पहिलो चरणमा १८ विद्यालयलाई वितरण गरिएको र बाँकी विद्यालयका लागि प्याड आउना साथ वितरण गरिने शैक्षिक प्रशासन महाशाखा जिन्सी शाखा प्रमुख झलक श्रेष्ठले बताउनुभयो । यो कार्यक्रमले छात्राहरुको मनोवल बिकास र शैक्षिक बिकासमा धेरै टेवा पुग्ने उहाँको भनाई छ ।

महानगर भित्रका ७४ विद्यालयका छात्राहरुका लागि ४ लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड प्रदान गर्ने तयारी छ । १ करोड १९ लाख ७४ हजार लागत अनुमानमा विद्युतीय बोल पत्र आह्वान गर्दा घटि घटाउमा ९२ लाख ६३ हजार ३ सय ९९ रुपैयाँमा बोलपत्र सम्झौता भएर सेनेटरी प्याड खरिद गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>