Breaking News

चितवनमा आज कोरोना संक्रमित दुईको मृत्यु, ५० संक्रमित थपिए

Banner

चितवन, माघ २६–

कोरोना भाइरस (कोभिड–१९) का कारण चितवनमा आज एकै दिन दुई जनाका मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार उनीहरु दुबै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार २८४ पुगेको छ । मृतकको संख्या ४४४ भएको छ । हाल जिल्लामा दुई हजार १४४ जना कोरोना सक्रिय संक्रमित रहेका छन् । अस्पताल आइसोलेसनमा ३५ जनाले उपचार गराइरहेका छन् । दुई हजार १०९ जना होम आइसोलेसनमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>