Breaking News

स्थानीय निर्वाचनविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्च अदालतद्धारा अस्वीकार

Banner

काठमाडौँ,माघ २६ –

सरकारले वैशाख ३० गतेको लागि तोकेको स्थानीय निर्वाचनविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । निर्वाचित भएको पाँच वर्ष नपुगेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाकाका संजीवकुमार शाहले निवेदन दिए पनि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो ।

शाह भंगहा नगरपालिकाका मेयर हुन् । उनले मंगलबार नै रिट पेस गरेका थिए । उनको निवेदन आज बुधबार सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको हो । रिटमा वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>