Breaking News

चितवनमा फागुनदेखि विद्यालय, कलेजहरु खोल्ने तयारी

Banner

चितवन, माघ २५–

चितवनमा आउँदो फागुनदेखि सबै विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाहरु खोल्ने तयारी गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले काठमाडौं उपत्यकामा विद्यालयहरु खोल्ने निर्णय गरि सकेकाले सोही आधारमा चितवनमा पनि विद्यालयहरु खोल्ने तयारी भइरहेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सीसीएमसीको औपचारिक पत्र प्राप्त भएपछि सोही आधारमा विद्यालयहरु खोल्ने निर्णय गरिने जानकारी दिए । ‘औपचारिक पत्र आएपछि हामी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्छौ, संभवत फागुनदेखि नै यहाँका विद्यालयहरु खुल्छन्’–प्रजिअ तामाङले नारायणी अनलाइनसंग भने ।

जिल्ला प्रशासन कार्यालयले माघ १७ गते सूचना जारी गर्दै माघ मसान्तसम्म विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप भौतिक रुपमा उपस्थित भइ संचालन गर्न नपाइने निर्णय गरेको थियो ।

पछिल्लो समय सरकारले १२ वर्ष माथिका र १७ वर्षमुनिका विद्यार्थीहरुमा धमाधम खोप लगाइरहेको छ । चितवनमा पनि माघ २३ गतेदेखि धमाधम बालबालिकाहरुलाई मोर्डना खोप लगाउने अभियान चलिरहेको छ । सोमबारसम्ममा ३५ हजार बढी बालबालिकाले खोप लगाइ सकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>