Breaking News

आज एकै दिन कोरोनाबाट थप ११ जनाको ज्यान गयो, एक हजार ९ सय ५७ जना थपिए

Banner

काठमाण्डौ, माघ २५ –
कोरोना सङ्क्रमणका कारण नेपालमा थप ११ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ । पछिल्ला दिनमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटे पनि ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त जानकारी पनि समेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप पाँच हजार एक सय तीन जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ३६ हजार एक सय ८१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार तीन सय ४९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>