Breaking News

भरतपुरमा मेरो कामबाट विरोधीसमेत खुसी छन्, चुनावमा गरेको बाचा पूरा गर्छु: मेयर दाहाल

Banner

चितवन, माघ २५-

भरतपुर महानगर प्रमुख रेनु दाहालले आगामी स्थानीय निर्वाचन अगाडि नै जनतामा गरेको बाचा पूरा गर्ने बताएकी छन् ।

भरतपुर महानगर–११ गणेशस्थानमा नेकपा माओवादी केन्द्रद्वारा आज आयोजित कार्यक्रमम बोल्दै मेयर दाहालले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
उनले कार्यक्रममा निर्वाचन आचारसंहिता लाग्नु पूर्वनै भुमिहिनले लालपूर्जा पाइसक्ने बताएकी छन् । भरतपुर महानगरसहित चितवनका तीन स्थानीय तहमा अहिले भूमिहनलाई निस्सा बितरण र नापीको काम सुरु गरेकोले बितरण भएको ३५ दिन भित्र रातो पुर्जा बितरण गर्ने गरी आयोगले धमाधम काम गरेको उनले बताइन् । दाहालले स्थानीय तह निर्वाचन आचारसंहिता लाग्नु पूर्वनै भुमिहिनलाई लालपुर्जा बितरण गरिसक्ने दाबी गरिन् ।

मेयर दाहालले बिगतमा निर्वाचनका बेला जनतामा गरेको बाचा आगामी निर्वाचन अगाडिनै पूरा गर्ने गरी आफूहरु भूमिहिनलाई जग्गाका मालिक बनाउने अभियानमा केन्द्रित भएको बताइन् । उनले भनिन्, ‘ अब निर्वाचन घोषाणा भइसकेको छ, काम गर्न धरै छ ,अब अरु विकास भन्दा पनि आफनो ध्यान भूमिहिनलाई जग्गाको मालिक बनाउने तर्फ बढी केन्द्रित हुन्छ, त्यसका लागी म र हाम्रो पार्टी , केन्द्र सरकारदेखि स्थानीय तहसम्मनै भूमिहिनकोे समस्या समाधानमा लागेको छु ।’

बिगतमा धेरै आयोग बने पनि भूमिहिनको पक्षमा काम गर्ने आयोग नबनेकाले समस्या भएको र अहिले माओवादी केन्द्रको जोड बलमानै भूमिहनिलाई जग्गाको मालिक बनाउन लागिएको दाबी गरिन् ।

मेयर दाहालले आफू निर्वाचन जितेर आएपछि महानगरको विकासमा धेरै फड्को मारेको दाबीसमेत गरिन । उनले बिरोधीहरु समेत महानगरको बिकासबाट खुखी रहेको बताइन् । मेयर दाहालले भनिन, ‘बिरोधीहरुले समेत महानगरमा विकास भएको छैन् भनेर आजसम्म भन्न सकेका छैनन् । महानगर विकासमा देशको नमुना बनेको छ । अझ नमुना बन्ने छ ।’

कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, बैध माओवादी लगायतका पार्टी परित्याग गरी ३२२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई महानगर प्रमुख तथा माओबादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहालले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएकी थिइन् । सो क्रममा पार्टी प्रवेश गर्नेहरुमा सबै जसो युवाहरु थिए ।

नव प्रवेशीहरुले महानगरको विकास मेयर रेनु दाहालकै कारण भएको र अब पनि उनकै नेतृत्व महानगरबासीले खोजेको बताएका थिए । उनले पार्टी प्रवेश गराउँदै नव प्रवेशीहरुलाई पार्टीले उपयुक्त स्थानमा जिम्मेवारी दिने समेत बताइन् ।

कृष्ण थापा, चित्रबहादुर गुरुङ, प्रकाश देवकोट, शिवलाल श्रेष्ठ , अशोक प्रजापतिको नेतृत्वमा अन्य दल त्याग गरी ३२२ जना माओवादी केन्द्रमा प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ । पार्टी प्रवेश गर्नेमा सबै भन्दा बढी नेपाली कांग्रेसबाट रहेको बताइएको छ । सो अवसरमा सहिद परिवारलाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>