Breaking News

चितवन निर्वाचन कार्यालयलाई चुनाव लाग्यो, चार लाख बढीको मतदाता सूचीलाई रुजु गर्दै

Banner

चितवन, माघ २५-

वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन कार्यालय चितवनले निर्वाचन लक्षित काम सुरु गरेको छ ।

कार्यालयले मतदाता नामावलीको काम रोकेर संकलित मददाताको सूचीलाई रुजु गरी निर्वाचन आयोग पठाउने गरी काम सुरु गरेको हो ।

सोमबार सरकारले निर्वाचन घोषणा गरेकै दिन सोमबार निर्वाचन कार्यालयमा झण्डै २०० जना मतदाता नामावलीमा नाम दर्ताको लागि आएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ आजबाट मतदाता नामावली दर्ता रोकिएको छ । अब बाहिरी काम रोकिए पनि हामी आन्तरिकरुपमा निर्वाचनको तयारीको लागि व्यस्त हुनेछौं । संकलित मतदाताको सूचीलाई पुनःपरीक्षण गरेर निर्वाचन आयोगमा पठाउने तयारी गर्दै छौं ।’ कार्यालयका तथ्यांकअनुसार चितवनमा चार लाख पाँच हजार मतदाता रहेका छन् । सबै मतदाताको सूचीलाई रुजु गरेर निर्वाचन आयोगमा पठाइन्छ । कार्यालय प्रमुख कार्कीले, ‘निर्वाचन आयोगले हाम्रो मतदाताको सूची हेरेपछि फोटोसहित हामीलाई फिर्ता पठाउँछ । फिर्ता भएको सूचीलाई हामीले स्थानीय तहका वाड वाडमा टास्नेछौं । केही दाबी विरोध भएपछि त्यसलाई सच्याएर पुनः आयोग पठाएपछि बल्ल मतपत्र छपाइका काम सुरु हुनेछन् ।’ उनले निर्वाचन घोषणाको दिनसम्म १८ वर्ष पुगेकोले मात्र निर्वाचनमा सहभागी हुन पाउने बताए ।
निर्वाचन आचारसंहिताअनुसार चितवन निर्वाचन कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । हालसम्म देशभर एक करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>