Breaking News

कमल थापाले छाडे राप्रपा, नयाँ पार्टी घोषणा गर्दै

Banner

हेटौंडा, माघ २५–

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन् । निर्वाचनमा पराजित भएपछि असन्तुष्टि पोख्दै आएका थापा अन्ततः पार्टी परित्यागको घोषणा गरेका हुन् ।

मंगलबार एक विज्ञप्ति जारी गरी उनले पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।

उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>