Breaking News

चितवनमा दुई दिनमा ३५ हजार बढी बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

Banner

चितवन, माघ २५–

चितवनमा अहिले धमाधम बालबालिकाहरुमा कोरोनाविरुद्धको ‘मोर्डना’ खोप लगाउने अभियान चलिरहेको छ ।

आइतबारदेखि भरतपुर महानगरपालिका, रत्ननगर, कालिका, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप अभियान चलिरहेको छ । यसअभियानको दुई दिनमै ३५ हजार २१८ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

हिजो (सोमबार) मात्रै १८ हजार ९९० जना बालबालिकाले खोप लगाएको कार्यालयले जनाएको छ । सोमबार भरतपुरमा ९ हजार ५०५, रत्ननगरमा ३ हजार ७२८, राप्तीमा २ हजार १२१, कालिकामा एक हजार ६३५, इच्छाकामना गाउँपालिकामा एक हजार ४५ र माडी नगरपालिकामा ९५६ जनाले खोप लगाएका छन् ।

स्वास्थय कार्यालयका अनुसार हालसम्म सबैभन्दा धेरै भरतपुर महानगरमा २० हजार ६६२ जनाले खोप लगाएका छन् भने रत्ननगरमा ६ हजार २४४, माडीमा २ हजार ५८८ जना, कालिकामा २ हजार ५५८ जना, राप्तीमा २ हजार १२१ जना र इच्छाकामनामा एक हजार ४५ जनाले खोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>