चितवन विशेष

आगामी निर्वाचनलाई लक्षित गर्दै चितवनमा तीव्ररुपमा पार्टी कार्यालय उद्घाटन गर्दै राप्रपा

Banner

चितवन, माघ २४-

राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) रत्ननगर नगरपालिकाको कार्यालय उद्घाटन भएको छ ।

नगरपालिकाको १० नं. वडामा स्थापना गरिएको कार्यालयको राप्रपाकी केन्द्रीय सहमहामन्त्री तथा वाग्मती प्रदेश सांसद रिना गुरुङले उद्घाटन गरेकी हुन् । उद्घाटनपछि आउँदै गरेको तीनै तहको चुनावमा चितवनलाई राप्रपामय बनाउन गुरुङले सबैलाई आग्रह गरेकी छन् । यसअघि पनि राप्रपाले विभिन्न स्थानीय तहका वडामा कार्यालय भवनको उद्घाटन गरिहेको छ ।

राप्रपा रत्ननगर नगरपालिकाका अध्यक्ष गोविन्दप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा प्रदेश सदस्य मधुप भट्टराई, ज्ञानुजंग लामा, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल, उपाध्यक्ष बलराम खनाल, क्षेत्र नं. १ ख का हरिशरण भट्टराईलगायतको उपस्थिति रहेको राप्रपा भरतपुर महानगर कमिटी संयोजक सुलभ सिग्देलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>