चितवन विशेष

चितवनको कालिका कन्स्ट्रक्सनको कारोबार २५ प्रतिशतले घट्यो

Banner

चितवन, माघ २४-

चितवनका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको व्यापार २०२१ मा घटेको छ ।

८७ करोड २९ लाख रुपैयाँले घटेको हो । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ मा कालिकाको व्यापार अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले घटेर दुई अर्ब ६८ करोड २० लाख रुपैयाँको कारोबार गर्ने भएको छ ।

कोरोना महामारीका कारण निर्माण क्षेत्रमा प्रत्यक्ष असर परेकाले कालिकाको कारोबार २०२१ मा ओरालो लागेको बताइएको छ। विगत पाँच वर्षदेखि निरन्तर बढ्दै गएको कम्पनीको आम्दानी र सञ्चालन मुनाफामा २०२१ मा भने ब्रेक लाग्न पुगेको छ । अघिल्लो वर्ष सन् २०२० मा तीन अर्ब ५५ करोड ४९ लाख रुपैयाँको कारोबार गरेको थियो ।

यस्तै, कम्पनीले सन् २०१९ मा तीन अर्ब ३३ करोड रुपैयाँ र २०१८ मा तीन अर्ब ३५ करोड ६२ लाख रुपैयाँको व्यापार भएको थियो।

कालिकासँग बहुसंख्यक ठेक्का सरकारी नै छन् । २५ करोड एक लाख रुपैयाँ चुक्ता पुँजी रहेको कालिका कन्स्ट्रसनमा विक्रम पाण्डे र पार्वती पाण्डेको समान ४९.९८ प्रतिशत सेयर स्वामित्व छ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै कालिकाका विक्रम पाण्डेलगायतविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

आयोजना निर्माणको काम गरिरहेको सीटीसीई–कालिका जेभी,परामर्शदाता कम्पनी इआरएमसी–आइटीसीइओ नेपाल जेभी र निर्माणस्थलका टिम लिडरको मिलेमतोमा जानीजानी ठेक्का सम्झौतामा उल्लेख गरिएअनुसार गुणस्तर परीक्षणसमेत नगरी गुणस्तरहीन काम गरिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको थियो । उनीहरुमाथि दुई अर्ब १३ करोड रुपैयाँको भ्रष्टचारको मुद्दा दायर गरिएको छ । यसले पनि कालिकाको व्यापारमा केही असर पर्न गएको बताइएको छ । सन् १९७६ देखि नेपाली निर्माण क्षेत्रमा काम गर्दै आएको कालिका कन्स्ट्रक्सन ’क’ वर्गको ठेकेदार कम्पनी हो । कम्पनीले सडक, पुल, जलविद्युत, सिँचाइलगायतका पूर्वाधार निर्माण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>