चितवन विशेष

चितवनमा चेपाङका सहयोगी दातालाई सम्मान

Banner

चितवन, माघ २४–

चेपाङ जातीको उत्थान र सहयोगमा खटिएका दातालाई चितवनमा सम्मान गरिएको छ । गामवेशी चेपाङ संरक्षण केन्द्र रत्ननगरले चेपाङको क्षेत्रमा सहयोग गर्दै आएका विभिन्न सहयोगी व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

केन्द्रले नेपाल हेल्पका कार्यकारी निर्देशक मिलन ढकाल, जापानमा बसोबास गर्दै आएका रत्ननगर निवासी दिपकबाबु नेपाल, साईराम डेण्टल क्लिनिकका संचालक डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपाने, संरक्षणकर्मी रामकुमार अर्याल, रोटरी क्लब अफ नारायणगढका पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठलाई सम्मान गरेको हो ।

विशेष कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीले उनीहरुलाई सम्मान गरेका हुन् । विकट बस्तीमा पुगेर चेपाङ समुदायलाई सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको केन्द्रले जनाएको छ । सो क्रममा बोल्दै सम्पादक भण्डारीले सामाजिक सेवाको कर्म गरेर धर्म गरेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>