Breaking News

राप्रपा फुटाउने अन्तिम तयारीमा कमल थापा, राजेन्द्र लिङदेङलाई दिए यस्तो चेतावनी..

Banner

काठमाडौँ, माघ २४–

बल्ल बल्ल जुटेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटको अवस्थामा पुगेको छ।

गत मंसिरमा भएको महाधिवेशनबाट अध्यक्षमा हारेपछि कमल थापाले पार्टी फुटाउने तयारी गरेका हुन् । यसका लागि उनले निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई तीन वटा माग पूरा गर्न आज अल्टिमेटम दिएका छन्। थापाले राजसंस्था छाडेर हिन्दुवादी दल खोल्ने तयारी गरेका हुन् ।

उनले आज काठमाडौँमा आफूपक्षिय नेताको भेला गरेर सरकारले स्थानीय चुनावको मिति घोषणा गर्नुअघि नै पार्टी अध्यक्ष लिङ्देनबाट आफूले उठाएका माग सम्बोधन हुनुपर्ने नभए अर्को दल खोल्ने जानकारी गराएका हुन् ।

उनले भनेका छन्–‘आज अल्टिमेटम दिएर आजै सबै माग पूरा गर्ने भन्ने त होइन तर समय एकदम कम छ । मलाई नयाँ यात्रा सिर्जना गरेर दुःख बेसाउने मन छैन। तर बाध्य बनाउनुभयो भने नयाँ यात्रा सुरू हुन्छ। म त्यो यात्रामा साथ दिन कसैलाई पनि कर गर्दिनँ, आफ्नो स्वेच्छाले निर्णय गर्नुस्, अन्तरआत्मालाई सोधेर निर्णय गर्नुस्। हामी निर्णायक घडीमा आइपुगेका छौं।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>