Breaking News

चितवनमा एकैदिन १६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको ‘मोर्डना’ खोप

Banner

चितवन, माघ २४–

चितवनको भरतपुर महानगरपालिकासंगै चार वटा स्थानीय तहमा आइतबारदेखि बालबालिकाहरुमा कोरोनाविरुद्ध खोप ‘मोर्डना’ लगाउन सुरु भएको छ । आइतबार भरतपुर, कालिका, रत्ननगर र माडीमा गरि एकैदिन १६ हजार २२८ जना बालबालिकामा मोर्डना खोप लगाईएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।

सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ११ हजार १५७ जना विद्यार्थीहरुले खोप लगाएका छन् । महानगरमा ६ दिनसम्म खोप अभियान चल्ने छ । यस्तै रत्ननगर नगरपालिकामा २ हजार ५१६, माडी नगरपालिकामा एक हजार ६३२ र कालिका नगरपालिकाका ९२३ जना विद्यार्थीहरुले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गीताञ्जली ढकालले जानकारी दिइन् । उनका अनुसार राप्ती नगरपालिकामा आजदेखि खोप अभियान सुरु भएको छ । खैरहनी नगरपालिकामा भने यसअघि नै ५ हजार विद्यार्थीलाई खोप लगाई सकिएको उनले जानकारी दिइन् ।

सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउने अभियान सुरु गरेसंगै चितवनमा ढिलागरि खोप कार्यक्रम सुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>