देश/प्रदेश

लागुऔषधसहित प्रहरीको नक्कली ‘इन्स्पेक्टर’ पक्राउ

Banner

जनकपुरधाम, माघ २३-

सिरहाबाट लागुऔषधसहित एक जना नक्कली प्रहरी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–४ मण्डिखाटार बस्दै आएका ३२ वर्षीय अशिम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवाष बुढाथोकीले जानकारी दिए ।

सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाको कमाण्डमा खटेको प्रहरी टोलीले शुक्रबार अपरान्ह साढे ३ बजे सिरहा नगरपालिका–७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भनि धम्काउने गुरुङलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले शंकाको आधारमा गुरुङलाई चेकजाँच गर्दा उनको झोलाबाट नाइट्रोभेट–१० लेखिएको ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद गरेको छ ।

त्यस्तै प्रहरी निरीक्षक अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र, नक्कली रिभल्वर १ थान, रिभल्वर राख्ने होलस्टर १ थान, ड्याइगन चक्कु १ थान, साइरास्याङ्गबो र अशिम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाइल २ थान, चेकबुक, एटीएम कार्ड, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, नेपाली रुपैयाँ तीन हजार र एनसेलको तीन सिम बरामद गरेको छ ।

गुरुङलाई जिल्ला अदालत सिरहाबाट लागुऔषध मुद्दामा ५ दिनको म्याद लिइ जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>