अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको IOS एप अब थप सुविधासहित

Banner

चितवन,माघ २३-

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै डिजिटल सिटिजन अभियानअन्तर्गत सिटिजन लाइफइन्स्योरेन्सको (आइओएस) एप थप सुविधासहित अपग्रेड गरेर एपस्टोरमा उपलब्ध गरेको छ। आफ्ना ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ ।

सिटिजन लाइफ इन्स्योरेन्स एपमार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पूर्ण बीमा योजनाको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पूर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी पाउनुका साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिहरुको जानकारी पनि लिन सकिनेछ।

इच्छुक महानुभावहरुले यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफूले इछ्याएको बीमा योजनाको बीमा शुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधिअनुसार आफै निकाल्न सक्नेछन्।

सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न इच्छुक महानुभावहरुले पनि यस एपबाट आवेदन दिन सक्ने छन्। साथै कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्था समेत गरेको छ।

यस एपमा लगइन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमाङ्क रकम, आफूले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिनसक्नेछन् ।

यसका साथै अभिकर्ताले पनि यस एपमा लग इन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पूर्ण कारोबारको जानकारी र ग्रहकहरुको जानकारी पनि प्राप्त गर्न सक्नेछन्। सिटिजन लाइफ इन्स्योरेन्सको डिजिटल सिटिजनुअभियानअन्तर्गत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षदेखि हालसालै अनलाइन बीमा दाबी सेवा सञ्चालनमा रहेको छ ।

कम्पनीले विभिन्न तालिम डिजिटल माध्यमबाट संचालन गरिरहेको छ । ग्राहक तथा अभिकर्तालाई कार्यालय सम्म आउनुपर्ने अवस्थालाई सहज बनाइ समयको बचत गराउन र ग्राहक सेवालाई विश्वस्तरीय बनाउँदै जाने क्रममा डिजिटल सिटिजनु अभियानअन्तर्गत कम्पनीले आगामी दिनमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>