Breaking News

चितवनमा कोरोना संक्रमण घट्यो, आज १३ जनामा देखियो संक्रमण

Banner

चितवन, माघ २३-

चितवनमा कोरोना संक्रमण दर घट्दै गएको छ ।

कोरोनाको तेस्रो लहर देखिएपछि विगत २४ घण्टामा चितवनमा सबैभन्दा कम १३ जनामात्र संक्रमित भएकोले संक्रमण घटेको पाइएको हो ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुर महानगरपालिकामा ९ जना, माडी नगरपालिकामा दुई जना, रत्ननगर नगरपालिकामा एक जना, कालिका नगरपालिकामा एक जना संक्रमित थपिएका छन् ।

योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ९८८ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ९८८ जना र अस्पतालको आइसोलेसनमा ४१ जना रहेका छन् । विगत २४ घण्टामा कोरोना संक्रमणको कारणले एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमित ६२ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा १५ जना, भेन्टिलेटरमा एक जना र एचडीयूमा ४७ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा अस्पतालको बेडबाट सात जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>