Breaking News
हिउँदे झरीले चितवमा झण्डै १२ लाखको इँटामा क्षति, इँटा उद्योगको बीमा प्रणाली नहुँदा व्यावसायी मर्कामा

चितवन, माघ २२ –
हिउँदे झरीले चितवनमा झण्डै १२ लाखको इँटामा क्षति पुगेको छ ।
इँटा व्यावसायी संघ चितवनका अध्यक्ष पुष्प पियाले चितवनमा दुई दिनदेखि परेको पानीले चितवनका इँटामा झण्डै १२ लाखको क्षति पु¥याएको बताए । पकाउनका लागि तयारी अवस्थामा राखिएको काँचो इँटामा पानीले क्षति पुर्याएको हो ।
चितवनमा ७ वटा इँटा उद्योग रहेका छन् । ती सबै उद्योगमा क्षति पुगेको उनले जानकारी दिए । दुई वर्ष अघिसम्म चितवनमा १८ वटा उद्योग थिए । तर माटोको अभाव र कोइलाको मूल्य बढ्दा इँटा उद्योग बन्द हुँदै गएको अध्यक्ष पियाले बताए । विगतमा भारतबाट कोइला आउने गरेकोमा अहिले अन्य देशबाट कोइला आउने हुँदा लागत बढी पर्ने गरेको पियाले बताए ।
इँटा उद्योगमा झरीले पुर्याएको क्षति कतैबाट पनि पूर्ति नहुने पियाले बताए । उनले इँटा उद्योगको बीमा गर्न आफूहरुले धेरै पहल गरेको भए पनि त्यसो हुन नसकेको बताए ।
























