अर्थ
हिउँदे वर्षाका कारण झण्डै तीन करोड इँटामा क्षति, केही दिन इँटाको अभाव हुन सक्ने
०

दाङ, माघ २२-
बिहीवार देखि परेको हिउँदे वर्षाका कारण दाङमा तयारी अवस्थामा राखिएका काँचो इँटामा क्षति पुगेको छ ।
दाङ देउखुरीका इँटा व्यवसायी सङ्घका अध्यक्ष प्रेमनाथ योगीका अनुसार ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेको हो । दाङका विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा पकाउनका राखिएको काँचो इँटामा हिउँदे वर्षाले कामै नलाग्ने गरी क्षति पुर्याएको उनले जानकारी दिए ।
विगतमा जस्तै यो वर्ष पनि हिउँदे वर्षाले इँटामा ठूलो क्षति पुगेको र यस वर्ष सबैभन्दा धेरै तुलसीपुर क्षेत्रका इँटा उद्योगमा क्षति पुर्याएको छ । जिल्लामा रहेको ३५ इँटा उद्योग मध्य केही बन्द हुने अवस्थामा छन् ।
त्यस्तै हिउँदे वर्षाले ठूलो मात्रामा क्षति पुराउदा अब केही दिन इँटाको अभाव हुन सक्ने उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























