चितवन विशेष
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू चितवनले दियो स्वास्थ्यमन्त्रीलाई धन्यवाद
०

चितवन, माघ २०-
एकीकृत समाजवादी निकट अनेरास्ववियू चितवनले विद्यार्थीहरुलाई खोप उपलब्ध गराएको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडालाई धन्यवाद दिएको छ ।
अनेरास्ववियूका अध्यक्ष साकार लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा चितवनमा खोप उपलब्ध गराइँदिन आफ्नो संगठनले माग गरेअनुसार विद्यार्थीहरुलाई खोप उपलब्ध भएको भन्दै धन्यवाद दिएको हो ।
विज्ञप्तिमा आफ्नो संगठनले स्वास्थ्यमन्त्री खतिवडा र बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई खोप उपलब्ध गराइदिन अनुरोध गरे अनुसार चितवनमा विद्यार्थीलाई ७५ हजार मोर्डना खोप आएको दाबी गरिएको छ । विज्ञप्तिमा विद्यालय खोप अभियानअन्तर्गत विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोप लगाएर सुरक्षित हुन र प्रधानध्यापकहरुले जिम्मेवारीपूर्णरुपमा सहजीकरण गरिदिन अनुरोध पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























