Breaking News

मौसममा केही सुधार भएपछि भरतपुरबाट हुने सबै उडान सुचारु

Banner

पूजा ढकाल

चितवन, माघ २०–

मौसममा केही सुधार भएपछि भरतपुर विमानस्थलबाट काठमाडौँ र भैरहवामा हुने सबै उडान आज सुचारु भएका छन् ।

बाक्लो हुस्सुले भिजिबिलीटी कम हुँदा बुधबार सबै उडान रोकिए पनि आज भने मौसममा सुधार भएपछि उडान सुचारु भएका हुन् । पोखरामा भने विमानस्थल बन्द हुँदा आज भरतपुरबाट उडान हुन सकेन ।

भरतपुर विमानस्थलबाट हुने सबै उडान आज दिउँसो १२ बजेबाटै सञ्चालनमा आएको विमानस्थल स्रोतले जनाएको छ । भरतपुर विमानस्थलकी एयर कन्ट्रोलर लीला श्रेष्ठको अनुसार गुण एयरलाइन्सको र बुद्ध एयरलाइन्सको गरी आज भरतपुरबाट १० वटा उडान भएको छ । उनका अनुसार बाक्लो कुहिरो तथा हुस्सुका कारण हिजोका लागि तय भएका कुनै उडान सञ्चालनमा आएका थिएनन् । तर आज मौसममा केही सुधार भएसँगै दिउँसो १२ बजे देखि नै नियमित उडान सञ्चालनमा आएको श्रेष्ठले नारायणी अनलाइनलाई बताइन् । आज साँझसम्म भरतपुर विमानस्थलबाट विभिन्न क्षेत्रका लाखि उडान सञ्चालन हुँदै आएको श्रेष्ठको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>