Breaking News

चितवनका विद्यार्थीहरुलाई आइतबारबाट यी केन्द्रमा लगाइँदै छ खोप (तालिकासहित)

Banner

चितवन, माघ २०-

कोरोना रोकथामका लागि चितवनका विद्यालयमा माघ २३ गते आइतबारबाट सुरु हुने खोप केन्द्रको तालिका सार्वजनिक भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउनको लागि चितवनमा ११४ वटा केन्द्र तोकेको हो । विद्यालयले तोकिएको खोप केन्द्रमा तालिका हेरी जन्मदर्ता वा उमेर खुल्ने परिचयपत्रसहित उपस्थित भएर खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप लगाउन सहज होस् भनेर स्वास्थ्य कार्यालयले खोप केन्द्रको सम्पर्क व्यक्तिको टेलिफोन नम्बर पनि उपलब्ध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण बन्द रहेका सम्पूर्ण विद्यालय यही माघ १६ गतेबाट २० गतेसम्म खुलाएर खोप अभियान सुरु गर्ने बताएको थियो । तर, चितवनका विद्यालयमा भने मन्त्रालयले तोकेको भन्दा केही समयपछि मात्रै खोप अभियान सुरु हुन लागेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>