चितवन विशेष

वन्यजन्तुबाट क्षति भएकालाई चितवन राष्ट्रिय निकुञ्जद्वारा डेढ करोड राहत वितरण

Banner

चितवन,माघ २०-

चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्रका वन्य जन्तुबाट मानव तथा भौतिक क्षति भएकालाई निकुञ्जले डेढ करोडभन्दा बढी राहत वितरण गरेको छ । कार्यालयले सबै क्षति गरी चालू आर्थिक वर्ष ०७८/७९ को पुस महीना सम्ममा १ करोड ५५ लाख ७५ हजार २६४ रुपैयाँ रकम राहत वितरण गरेको हो ।

कार्यालयले वन्यजन्तुबाट आक्रमण भएका सामान्य घाइते, सख्त घाइते, मानिस मृत्यु, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति घरगोठको क्षति र अन्नबाली क्षति बापत उक्त राहत रकम वितरण गर्दै आएको छ । राहत वितरण रकममध्ये सबैभन्दा बढी रकम वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारजनलाई गरेको छ । जसअनुसार मानिसको मृत्यु भएका परिवारजनलाई पुस महीनामा १ करोड राहत रकम वितरण गरेको छ ।

सख्त घाईते भएकालाई २० लाख २३ हजार ३०२ रुपैयाँ, सामान्य घाइते भएकालाई ३ लाख ३८ हजार १०२ रुपैयांँ र पशुधनको क्षति बापत १० लाख ७८ हजार २० रुपैयाँ राहत रकम वितरण गरेको छ । वन्यजन्तु आक्रमणबाट मृत्यु हुने गरेको परिवारजनलाई प्रति व्यक्ति दश लाख र घाइतेको हकमा उपचार दर्च निकुञ्जले बेहोर्ने गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । ‘यदि कुनै वन्यजन्तु मध्यवर्ती क्षेत्रभन्दा पनि बाहिर गएर मानव वस्तीमा क्षति गर्छ त्यसको मात्रै राहत रकम पाइन्छ, उनले भने, ‘यदि मध्यवर्ती क्षेत्रमा या निकुञ्ज क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको निकुञ्जले क्षतिपूर्ती र राहत दिंँदैन ।’

यस्तै पुस सम्ममा वन्यजन्तुले मानव वस्तीमा भण्डारण गरेको अन्न क्षति गरे वापत ३५ हजार ४४० रुपैयाँ, घरगोठ क्षति गरेवापत १ लाख १७ हजार ३०० रुपैयांँ र अन्नबालीको क्षति गरे बापत १९ लाख ८३ हजार १०० रुपैयाँ राहत रकम वितरण गरिएको कार्यालयले जानकारी दिएको छ । ६ महीनाको अवधिमा वन्यजन्तुले मानव, पशुधन र अन्न क्षति गरी जम्मा ४८४ ओटा क्षति गरेका थिए । कार्यालयका सूचना सूचना अधिकारी तिवारीले राहत वितरण सिफारीश समितिले पेश गरेको क्षतिको विवरण, घटनाको प्रकृति अनुसार पीडितलाई राहत रकम वितरण गरिने बताए ।

यसका लागि घटना भएको वा क्षति भएको ३५ दिनभित्र पीडित या पीडित परिवारले निकुञ्ज कार्यालयमा निवेदन दिइसक्नु पर्नेछ । आर्थिक अभियान दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>