Breaking News
अतिक्रमित सडक पेटी खाली गराउन आफैँ सडकमा उत्रिइन् मन्त्री झाँक्री
०

काठमाडौं,माघ १९-
धोबिखोला कोरिडोरको अतिक्रमित सडक पेटी खाली गराउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफैँ फिल्डमा पुगेकी छन्। कर्मचारी र प्रहरी टोलीसँग फिल्डमा पुगेकी झाँक्रीले अतिक्रमित क्षेत्र खाली गराउन, त्यस स्थानका निर्माण सामग्रीलगायत विभिन्न सामग्रीहरू नियन्त्रणमा लिएकी छिन्।
सडक पेटी खाली गराउन १५ दिनअघि लिखित रूमपा सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउनुपरेको मन्त्रालयले बताएको छ। धोबीखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडक पेटी छिट्टै अतिक्रमण मुक्त हुने मन्त्री झाँक्रीले बताएकी छन्। अब यो अभियान सबै अतिक्रमित सडक पेटीहरूमा पनि संचालन गर्ने मन्त्रालयको योजना रहेको छ।
अनामनगर क्षेत्रमा धोबीखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरूले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमण भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























