Breaking News

मौसमी प्रतिकूलताले भरतपुर विमानस्थलका सबै उडान रद्द

Banner

चितवन, माघ १९-

भरतपुर विमानस्थलबाट विभिन्न गन्तव्यहरुमा हुने आजका सबै उडानहरु रद्द भएका छन् । बाक्लो कुहिरो र हुस्सु लागेर भिजिबीलिटी कम हुँदा मौसमी प्रतिकूलताका कारण सबै उडानहरु प्रभावित भएको हो

आज बिहानैदेखि भैरहवा, काठमाडौँ र पोखराका लागि हुने उडानहरु प्रभावित भएको भरतपुर विमानस्थलकी एयर ट्राफिक कन्ट्रोलर शुभद्रा कार्कीले नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भिजिबिलिटी कम हुँदा उडानहरु हुन नसकेको जानकारी दिइन् ।

आजका लागि बुद्ध एयरलाइन्सको सातवटा उडान र गुण एयरलाइन्सको तीनवटा उडान तय भएको थियो । आज बिहान भरतपुरको न्यूनतम तापक्रम ८ डिग्री सेन्टीग्रेड पुगेको विमानस्थलले जनाएको छ । उडान प्रभावित हुँदाको समय यात्रुलाई पर्ने अप्ठ्यारोलाई ध्यानमा राख्दै वायुसेवा कम्पनीहरुले आफ्ना मोबाइल एपमार्फत अपडेट दिँदै जानकारी गराउँदै आएका छन् । आज दिनभर भरतपुरमा उडान हुने सम्भावना नभएको एयर ट्रफिक कन्ट्रोलर कार्कीले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>