चितवन विशेष

चितवनका समालोचक अधिकारीको पुस्तक ‘प्रश्न’ बजारमा

Banner

चितवन, माघ १८-

चितवनका समालोचक तथा अंग्रेजी साहित्यका प्राध्यापक उदय अधिकारीको नयाँ पुस्तक ‘प्रश्न’ बजारमा आएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको ‘प्रश्न’ ६ जना चर्चित साहित्यकारहरुसँग गरिएको अन्तरवार्ताको संग्रह हो । अधिकारीले विभिन्न समयमा लिएका चर्चित साहित्यकारहरु अभि सुवेदी, नारायण ढकाल, सरुभक्त, श्यामल, श्रवण मुकारुङ र मनु मञ्जिलसँगको अन्तरवार्तालाई आफ्नो पहिलो कृतिको रुपमा प्रकाशन गरेका छन् । समालोचक अधिकारीले साहित्यकारहरुको जीवनी र उनीहरुको साहित्य क्षेत्रको योगदानलाई बुझ्नको लागि पुस्तक सहयोगी हुने नारायणी अनलाइनसँग आशा व्यक्त गरे । नेपाली भाषामा लेखिएको यो पुस्तक २०० पृष्ठ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>