देश/प्रदेश
खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्चमा रिट
०

काठमाडौँ, माघ १८-
सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न सरोकारवाला निकायलाई बिपक्षी बनाएर आज रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा खोप कार्ड नभएकालाई सेवाबाट वञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी भएको दाबी गरिएको छ ।
रिटको पेसी बिहीबारका लागि तोकिएको छ । सोनाम ल्होसारका अवसरमा भोलि बुधबार सरकारले सार्वजनिक बिदा दिएकाले पर्सिका लागि पेसी तोकिएको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले गएको माघ ७ गतेदेखि सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























