चितवन विशेष
भरतपुरको निर्माणाधीन पुलचोक—गोन्द्राङ सडकमा कन्टेनर पल्टिँयो
०

चितवन, माघ १७-
भरतपुरको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर आज दिउँसो भरतपुर महानगरपालिका– १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएको थियो । दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
कन्टेनरले ठक्कर दिँदा दुईवटा विद्युतका खम्बाहरु पनि ढलेका छन् । विद्युतको खम्बा ढलेपछि विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























