अर्थ
साताको दोस्रो दिनपनि रु ४०० ले घट्यो सुनको मूल्य
०

काठमाडौँ, माघ १७-
सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























