Breaking News

दूधको मूल्य २० रूपैयाँसम्म बढाउन चितवनका किसानको माग, तत्काल नबढे आन्दोलन गर्ने चेतावनी

Banner

चितवन,पुस १६-

दूधको मूल्य तत्काल नबढे आन्दोलन गर्ने चितवनका दुग्ध उत्पादक किसानहरूले चेतावनी दिएका छन् । आज (आइतबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष रत्नमणि न्यौपानेले लिटरमा कम्तीमा १५ देखि २० रूपैयाँसम्म मूल्य बढ्नुपर्ने माग राखे ।

सरकारले माघ १ गतेदेखि मूल्य बढ्छ भने पनि अहिलेसम्म नबढेकाले आन्दोलनको तयारीमा लागेको उनले बताए । संघका सचिव किशोर बगालेले सरकारले एक लिटरमा १० रूपैयाँ मूल्य बढाएर किसानलाई सात रूपैयाँ र डेरी उद्योगीलाई तीन रूपैयाँ दिने तयारी गरेको बताए । किसानका लागि यो हितकारी नदेखिने उनको तर्क छ ।

अहिले दूधको मूल्य किसानले सरदर लिटरमा साढे ५२ रूपैयाँ पाएको बताए । तर‚ दाना चोक्कर, परालको मूल्य अत्यधिक बढेकाले अहिले उत्पादन लागत नै प्रतिलिटर ६३ रूपैयाँ पर्ने उनले बताए । त्यसैले किसानलाई लाभ पुग्नेगरी मूल्य बढाउन उनले माग गरे । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सदस्य भगिरथ तिमिल्सिनाले सरकारले तीन वर्षयता दूधको मूल्य नबढाएको बताए ।

जसका कारण किसान मर्कामा परेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>