अटो

निसान म्याग्नाइट कार नेपालसहित विश्वका १५ देशमा लोकप्रिय

Banner

चितवन, माघ १६-

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ ।

निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलाबीमा समेत उपलब्ध छ ।

कम्पनीले आज प्रेषित गरेको विज्ञप्ति अनुसार निसान म्याग्नाइट ‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ नाराका साथ भारतमै उत्पादन गरिएको हो । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । त्यसैगरी एकवर्षकै अवधिमा यसले वृहत् सफलतासमेत हासिल गरेको विज्ञप्तिमा दाबी गरिएको छ ।

तमिलनाडुस्थित निसानको चेन्नाई प्लान्टमा उत्पादन गरिएको निसान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा सार्वजनिक गरिएको थियो । त्यसपछि भारतमा मात्र ७८ हजार ग्राहकले यसको बुकिङ गरेका छन् भने छ हजार ३४४ म्याग्नाइट अन्य देशमा निर्यात गरिएको छ । सार्वजनिक पश्चात लन्चिङ पश्चात चेन्नाई प्लान्टबाट ४२ हजारभन्दा बढी म्याग्नाइट उत्पादन भएका छन् । कोभिड प्यान्डेमिक र सेमी कन्डक्टर अभावको समयमा पनि यति धेरै उपलब्धि हासिल गर्नु निसानका लागि महत्वपूर्ण भएको जनाइएको छ । यही उपलब्धिका लागि निसान इन्डिया अपरेसनले कम्पनीको ग्लोबल प्रेसिडेन्ट्स अवार्ड प्राप्त गर्न सफल भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>