Breaking News
आज विश्व कुष्ठरोग दिवस: चितवनमा भेटिए कुष्ठरोगका ५० नयाँ संक्रमित

पूजा ढकाल
चितवन, माघ १६
चितवनमा कुष्ठरोगका ५० जना नयाँ संक्रमित भेटिएका छन् ।
‘शून्य कुष्ठरोगको लागि हाम्रो प्रतिबद्धता, आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ आज ३९ औँ विश्व कुष्ठ रोग दिवस मनाइरहँदा ती संक्रमित भेटिएका हुन् ।
कुष्ठरोग सरुवा रोग मध्ये कम सर्ने एक प्रकारको रोग हो । यो रोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट सर्ने गर्छ ।
स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको प्रथम चौँमासिक विवरणमा स्थानीय तहको अनुसार चालु आर्थिक वर्ष २०७८\२०७९ मा भरतपुर महानगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई, खैरहनी नगरपालिकामा दुई, राप्ती नगरपालिकामा छ, कालिका नगरपालिकामा तीन, माडी नगरपालिकामा एक र इच्छाकामना गाँउपालिकामा एक गरी जिल्लामा ५० कुष्ठरोगका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै विवरणमा उल्लेख भए अनुसार आर्थिक वर्ष ०७७\०६८ मा जिल्लामा भरतपुर महानगरपालिकामा २९, रत्ननगर नगरपालिकामा छ , खैरहनी नगरपालिकामा दुई, राप्ती नगरपालिकामा चार, कालिका नगरपालिकामा दुई र माडी नगरपालिकामा दुई गरी जिल्लामा ४५ कुष्ठरागका बिरामी थिए । यो तथ्यांक अनुसार पछिल्लो वर्षको तुलनामा चितवनमा कुष्ठरोका बिरामी बढ्दै गएका छन् ।
स्वास्थय कार्यालय चितवनकी स्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार चालु आथिक वर्षको पाँच महिनाको अन्त्यसम्म भरतपुर महानगरपालिकामा ३२, रत्ननगर नगरपालिकामा दुई , खौरहनी नगरपालिकामा दुई , राप्ती नगरपालिकामा पाँच, कालिका नगरपालिकामा तीन, माडी नगरपालिकामा एक र इच्छाकामना गाँउपालिकामा एक गरी जिल्लामा ४८ कुष्ठरोगका बिरामी उपचारत थिए ।
कुष्ठरोगका लक्षणहरु:
शरीरको कुनै भागमा छुँदा थाहा नहुने, फुस्रो वा हल्का रातो दागहरु देखा परेमा त्यो कुष्ठरोगको लक्षण हो ।
यस रोगमा अनुहार वा कानका लौतीमा गिर्खाहरु देखिन्छन् भने छाला चम्किलो र बाक्लो हुने तथा आँखी भौँ झरेर जाने समस्या देखिन्छ । हात खुट्टाका औँलाहरु कमजोर हने र खुम्चिदै गएर अपाङ्ग हुने, स्नायुमा असर पर्दा हात खुट्टाहरु झमझम गर्नु, स्नायु सुन्निु र मांसपेशीहरु कम्जोर हुँदै जानुलगायत यस रोगका लक्षणहरु हुन् ।
कुष्ठरोग सर्ने तरिकाहरु:
उपचार नगरेको कुष्ठरोगका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउँदा यो रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्छ ।
उपचार विधि:
यो रोग सरेको दुई देखि पाँच वर्ष भित्रमा लक्षणहरु देखिने गर्छ । त्यस्तै नियमित उपाचारबाट कुष्ठरोग निको हुने भएकोले यसको उपचार भनेको औषधि सेवन नै हो । औषधि सेवनबाट उक्त रोगको ९९.९ प्रतिशत किटाणु निस्कृय भई आरु व्यक्तिमा सर्दैन । नेपाल सरकारले कुष्ठरोगको औँषधि निशुल्क वितरण गर्दै आएको छ ।
तथ्यांक अनुसार यो संख्या चालू आर्थिक वर्ष २०७७\७८ मा प्रति १० हजारमा राष्ट्रियस्तरमा ०.७३, वागमती प्रदेशमा ०.३८ र जिल्लामा मात्रै ०.६४ प्रतिसत रहेको छ । त्यस्तै नयाँ बिरामी पत्ता लागेको एक लाख मध्ये राष्टिय स्तरमा ७.२० र जिल्लामा ६.४४ रहेका छन् । प्राचिन कालदेखि नै मानिसमा देखिएको उक्त रोग सन् १८७३ मा नर्वेका वैज्ञानिक डा गेरहार्ड हेयान्सनल पत्ता लगाएका थिए।
























