Breaking News

प्रधानमन्त्री देउवाको चेतावनी: एमसीसी पास नगरे गठबन्धन तोडिन्छ

Banner

काठमाडौं, माघ १६-

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् ।

शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए । बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् । ‘फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले म्याद दिएको कुरा प्रधानमन्त्रीले सुनाउनुभयो,’ एमसीसी अध्ययन कार्यदलमा समेत रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने, ‘त्यसभित्र तिमीहरुले ग¥यौ भने ग¥यौ, नभए हामी फिर्ता लान्छौं भन्याछन् भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो ।’

एक सहभागीका अनुसार बैठकमा शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो । भन्छन्, ‘हिजोको घम्साघम्सी देख्दा त एमसीसीकै कारण गठबन्धन नै टुट्छ कि जस्तो पो देखिन्छ ।’ उनले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आग्रह गरे । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत भएनन् । कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताए ।
जवाफमा प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाइँहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् । ‘प्रधानमन्त्रीज्यू अलिकति दबावमा देखिनुहुन्थ्यो, उहाँले एमसीसी यही अधिवेशनबाट पारित गर्नुपर्छ नत्र भने गठबन्धन टुट्छ भन्नुभयो,’ अर्का एक शीर्ष नेताले भने, ‘हामीले पनि एमसीसीमा एमाले अध्यक्ष ओलीसित मिल्नु छ भने मिल्नुस्, पास गर्नुस् । त्यसरी जालझेल गरेर गठबन्धन जोगाउनु पनि छैन भन्यौं ।’

एक सहभागीका अनुसार बैठकमा शीर्ष नेताहरुबीच केहीबेर चर्काचर्की नै भएको थियो । भन्छन्, ‘हिजोको घम्साघम्सी देख्दा त एमसीसीकै कारण गठबन्धन नै टुट्छ कि जस्तो पो देखिन्छ ।’ गठबन्धन नै संकटमा पर्ने देखेपछि माओवादी र एकीकृत समाजवादीका नेताहरुले सभामुखमार्फत १० दिन संसद बैठक स्थगित गराएका छन् । माघ १६ गते बोलाइएको प्रतिनिधिसभाको बैठक संघीय संसद सचिवालयले शनिबार साँझ नै सूचना जारी गरेर १० दिन स्थगित गरेको थियो ।

‘अब संसद बैठक १० दिन स्थगित गरौं, यहीबीचमा फेब्रुअरी १ पनि जान्छ । के के हुँदो रैछ हेरौँ भनेर हामीले संसद बैठक १० दिन पछि सा¥यौं’ एकीकृत समाजवादीका नेता खनालले भने ।

उनले यही अवस्थामा एमसीसी अनुमोदन नहुने पनि बताए । ‘एमसीसीमा यत्राविधि आपत्तिजनक कुरा छन्, नसच्चिएसम्म अनुमोदन हुँदैन,’ खनालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>