अर्थ

साताको पहिलो दिन चार सयले घट्यो सुनको मुल्य

Banner

काठमाडौँ, माघ १६-

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको छ
। शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा भएको छ । – न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>