खेलकुद

मरिससविरुद्ध नेपालः पहिलो हाफ गोलरहित बराबरी

Banner

काठमाडौँ, माघ १५–

अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तरगत आजको पहिलो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

नेपालले सुरुवातकै समयमा डिबक्सको थोरै बाहिरबाट पाएको फ्रिकिक अवसर गुमाएको थियो ।

पहिलो हाफका अन्तिम समयमा अञ्जन विष्टले वान भर्सेस वानको मौकालाई सदुपयोग गर्न सकेनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>