चितवन विशेष

जिल्ला प्रशासन कार्यालय चितवनको सेवा भोलिदेखि नियमित सञ्चालन हुने

Banner

पुजा ढकाल

चितवन, माघ १५-

जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (आइतबार) देखि आफ्नो कार्यालयको सेवा नियमित सञ्चालन गर्ने भएको छ । कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि एक हप्ताको लागि बन्द गरिएको सेवा भोलिदेखि पुर्ण रुपमा सञ्चालन हुन लागेको हो ।

कार्यालयले माघ ६ गते सूचना जारी गर्दै १४ गतेसम्मका लागि सेवा बन्द गर्ने निर्णय गरेको थियो । कार्यालयले कोरोना संक्रमण अझैपनि पुर्ण रुपमा नियन्त्रण नआएको भन्दै अति आवश्यक परे मात्रै कार्यालय आउन अनुरोध गरेको छ । प्रशासनले कार्यालय आउँदा निर्धारित स्वास्थ्य मापदण्ड पालना गर्न समेत सबै सेवाग्राहीलाई अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>