चितवन विशेष

विमोचन इभेन्टको उद्घोषण तथा व्यक्तित्व विकास तालिम सकियो

Banner

चितवन, माघ १५–

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम समापन भएको छ ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालिको सभाहलमा माघ ८ गते देखि सञ्चालित उद्घोषण तथा व्यक्तित्व विकास तालिम शुक्रबार एक औपचारिक कार्यक्रम बिच समापन गरिएको हो । कोभिड १९ को सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको तालिममा चितवन र नवलपुरको विभिन्न स्थानबाट प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले उद्घोषण तथा व्यक्तित्व विकास तालिमले समाजमा निकै सकारात्मक प्रभाव पार्ने र बोल्ने कलाको बिकास गर्न थप उर्जा प्रदान गर्ने बताउनुभयो । साथै, उहांले यस्ता सामाजिक कार्यक्रमहरुमा एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस सहकार्य गर्न सदैव अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालि र सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङको सहकार्यमा सञ्चालित उक्त कार्यक्रममा कलश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुर्जे कुमार कायस्था लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

७ दिनसम्म संचालन भएको प्रशिक्षणमा चितवनका चर्चित सञ्चारकर्मीद्धय मनोज घिमिरे र प्रवेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो । यस्तै, कार्यक्रममा सहभागिहरुलाई समापनको अवसरमा सफलताको शुभकामनासहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष विमोचन आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा उहाँले उद्घोषण तथा व्यक्तित्व विकास तालिम कार्यक्रम आगामी दिनमा पनि नियमित रुपमा संचालन गर्ने बताउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>