Breaking News

चितवनमा ४६१ जनाको परीक्षण गर्दा २११ मा संक्रमण पुष्टि, मृत्कको संख्या ४३९

Banner

चितवन, माघ १४-

चितवनमा केही दिन यता तीब्रगतिमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा चितवनमा २११ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । स्वास्थ्य कार्यलय चितजनका अनुसार ३३२ जनाको पिसिआर र १२९ जनाको एन्टीजेन गरी ४६१ जनाको परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका १३८, खौरहनी नगरपालिकाका १५, माडी नगरपालिकाका १७, रत्ननगर नगरपालिकाका ३१, राप्ती नगरपालिकाका आठ र कालिका नगरपालिकाका दुई जनामा संक्रमण देखिएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रिय संक्रमितको संख्या चार हजार ९४ पुगेको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा ४१ जना कोरोना संक्रमित उपचाररत छन् । चार हजार ५३ जना होम आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३९ रहेको छ । त्यस्तै  आज संक्रमित थपिए सँगै चितवनमा १६ हजार ९८७ पुरुष र १४ हाजर ९७४ महिला गरी ३१ हजार ९७५ कोरोना संक्रमित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>