चितवन विशेष

नारायणी पब्लिक स्कूलले पायो ‘आईएसए’ अवार्ड

Banner

चितवन, माघ १४–

भरतपुर महानगरपालिका–११ स्थित नारायणी इङलिस पब्लिक स्कूलले ब्रिटिश काउन्सिल इन्टरनेश्नल स्कूल अवार्ड (आईएसए) प्राप्त गरेको छ । यस विद्यालयले वर्ष २०२१–२०२४ को लागि इन्टरनेश्नल अवार्ड प्राप्त गरेको हो ।

स्कूलले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अवार्ड प्राप्त गरेको जानकारी दिएको हो । शिक्षा विकास मानव श्रोत केन्द्रका प्रमुख चूडामणि पौडेल र ब्रिटिश काउन्सिलका दक्षिण एसिया क्षेत्रीय प्रमुख एमी लाईटफुटले संयुक्त रुपमा नेपालका विजेता स्कुलहरुको नाम घोषणा गर्नु भएको स्कुलका अध्यक्ष एवं प्रवन्ध निर्देशक राजेश्वर खनालले बताउनुभयो ।

नेपालका ५३ वटा विद्यालयले यस वर्ष आईएसए पाएको उहाँले बताउनुभयो । यसका लागि स्कुलले सातवटा परियोजना बनाएर पेश गरेको थियो । जुन परियोजना अन्तर्गत तीन वटा परियोजना छनोटमा परेका थिए । शैक्षिक गुणस्तरको अन्तराष्ट्रिय मापदण्ड अनुसार क्रियाकलाप गर्ने विद्यालयहरुलाई यो पुरस्कार दिईने गरिन्छ ।

आईएसए कार्यक्रमका संयोजक नविन बगालेका अनुसार स्कुलले अफगानिस्तानको विद्यालयसंग समन्वय गरेर अध्ययन गराईएको बताउनुभयो । यो पुरस्कार प्राप्त गरि सकेपछि विद्यार्थीहरुले बेलायतमा के कसरी पढाई भईरहेको छ भन्ने विषयमा ज्ञान लिन पाउने छन् । इन्टरनेशनल अवार्ड प्राप्त गरेसँगै विद्यार्थीहरुलाई पाठ्यक्रममा विश्वव्यापी विषय वस्तु सम्मिलित गर्ने पद्धति प्रयोगरी पढाईने उहाँले जानकारी दिनुभयो । बेलायतका बिद्यायहरुसँग यस स्कूलले सहकार्य गर्ने अवसर प्राप्त गरेको बगालेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>