अर्थ

तोलामा ९०० रुपैयाँले घट्यो सुन

Banner

काठमाडौँ, माघ १४-

सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ । न्युज कनरखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>